धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १९ : ०९
धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । शुक्रबार धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ५ बजेर १६ मिनेटमा धादिङको चैनपुर आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

३.८ म्याग्निच्युडको भूकम्पको धक्का आसपासको क्षेत्रमा सामान्य महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस