एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्धि सागर सुवेदी बिजयी

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १२ : १५
एनआरएनए अमेरिकाको अध्यक्ष पदमा बुद्धि सागर सुवेदी बिजयी

काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१–२०२३ का लागि अध्यक्ष पदमा बिजयी हासिल गरेका छन् ।

शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत ल्याएका छन् । उनले ५ हजार ६ सय १८ मत ल्याई विजयी भएका हुन् । दोस्रो स्थानमा कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थानमा परेका छन् ।

तेस्रो स्थानमा डा. अर्जुन बञ्जाडे रहेका छन् भने उनले ४ हजार १ सय भोट ४८ मत ल्याएका छन् । यसै गरि ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा परेका छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

उनले विभिन्न संचार माध्यममा कुराकानी,समुदायसंग भएको अन्तरक्रिया र बहस जस्ता कार्यक्रममा चुनाव आफूले जित्ने दाबी गरेका थिए । उनले चुनाव जित्ने तर मैले जित्दै गर्दा मेरो कार्यसूची ९एजेण्डा०ले जित्नुपर्छ भन्ने मान्यतामा उनि प्रचार प्रसारमा चुनावमा होमिएका थिए । यति मात्र होइन एनआरएनए एनसीसी अमेरिकाले पनि जित्नुपर्छ र सँस्थाले जित्नुपर्छ। हामी सबै नेपाली अमेरिकन समुदायले जित्नुपर्छ भनि अमेरिकाका विभिन्न राज्यहरुमा भएका अन्तरक्रिया र बहसमा सहभागी भएका थिए ।

उनले कुरा संस्था र आम नेपाली अमेरिकन समुदायको हो। यो केवल जित या हारको पनि होइन । कुरा हाम्रो अस्तित्व, नेपालीत्व, अधिकार र सन्ततिको भविष्य सम्मको कुरा छन्। ती सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको सुवेदीले बताएका थिए । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।

उनले कूल मत  ५ हजार ६ सय १८ मत  प्राप्त गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको को नेतृत्व लिनेछन । यस पटक अध्यक्ष पदका ४ जना प्रत्याशी मध्ये ३ जना कृष्ण लामिछाने,डा अर्जुन बन्जाडे (विधा वारिधि) समूह बनाई प्रचार प्रसारमा होमिएका थिए । उनले विश्वासको मत आफूले मत पाउदा पाउदै उपबिजेता बने भने अभियानबाट बाहिरिन्न र टेनेसी अदालत धाउने छैन भनि घोषणा गरेका थिए ।

सुबेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न भएका हुन् । अमेरिकामा उनि सफल व्यवसायी हुन् भने मिसिगन राज्यमा तल्लो स्तरमा काम गर्दै मिसिगनको अध्यक्ष ,अमेरिकाको उपाध्यक्ष र २०२१–२०२३ को लागि अध्यक्षको प्रत्यासी भएका थिए । उनले जहाँ जाँदा पनि शाखाबाटै काम सुरु गरेकोले समस्या बुझेको र यसलाई कसरी समाधान गर्न पनि तयार रहेको बताएका थिए । संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गरेका थिए । उनले तपाईहरुको अध्यक्ष हुन् काम गर्नेछु । साथै यस संस्थालाई समुदायमा पुग्न सक्ने बनाउने आफ्नो ध्येय रहेको बताएका थिए ।उनले आफू मत माग्न आएको हैन र कामको मुल्यांकन  समुदायले गर्ने छ भनेका थिए ।

बुद्धि सागर सुबेदी को हुन् ?

स्याङ्जा टक्सारका सुवेदी परिवार चितवनमा बसाई सराई गरेको हो । चितवनको माडीमा पढाईमा सधैँ प्रथम द्वितीय भै रहन्थे । उनले निमावि र माडी मावि वसन्तपुरमा पढे । २०४४ सालमा प्रथम श्रेणीमा उनि उक्त बिद्यालयबाट गरे । बुद्धिसागर पढाईमा तेज थिए भने उनले वन बिषयमा पोखरामा पढेका हुन् । उनि पहिला बिद्यालयको शिक्षक अनि पछि महाविद्यालयको प्राध्यापक भए । हाल उनि स्थापित अमेरिकाको विस्कनसिनका सफल व्यवसायी हुन् ।

पोखरामा वन बिषय पढ्दै गर्दा आन्दोलनमा छात्रावासमा पक्राउ परे पछि १र२ दिन थुनामा परे । उनले बाणिज्य प्रशासनमा स्नातकोत्तर गरेका छन् ।उनले कालिकोट गएर प्रस्तावित माविमा ३ बर्ष प्रअ भएर काम गरे । उनले पब्लिक यूथ, मीन भवन क्याम्पसमा लगायतमा २०५४ बाट २०६१ सम्म पढाए । त्यस पछि उनले नयाँ बानेश्वरमा कान्तिपुर इन्स्टिच्युटमा नामक सँस्था खोले जहाँ १७–१८ सय विद्यार्थी अध्ययनको लागि आउँथे । उनको उक्त सँस्थामा वित्तीय र लेखा पढाई हुन्थ्यो ।

उनि अत्यन्तै व्यस्त प्रा तथा शिक्षक थिए । बिहान साढे ४ बजेदेखि बेलुवा १० बजेसम्म पढाउन महाव्यस्त हुन्थे । त्यसै बीच उनले अमेरिकाले खोल्ने विविधता चिट्ठा अर्थात् डिभी परेकोले २००३ मा परिवार साथ अमेरिका आएका हुन् । उनि प्रारम्भमा अमेरिकाको बाल्टिमोर आएपछि इन्ध चौकीमा काम पनि गरे २००६ बाट व्यवसाय प्रारम्भ गरे । उनका थुप्रै व्यवसाय संचालनमा छन् भने ३० वटा व्यवसायमा झन्डै सय भन्दा ज्यादा नेपालीलाई उनले रोजगारी दिएका छन् ।

विस्कान्सनमा बसाई सराई गरे पछि सुवेदीकै नेतृत्वमा नेप्लिज एप्पलटन यूथ एसोसिएसन खोले भने हाल सम्म उनि त्यसको संरक्षक पनि छन । सुबेदी एनआरएनए विस्कनसिन शाखा अमेरिकाको २०१७र–१९ को संस्थापक सभापति भए । स्थानीय स्तरबाट सङ्घर्ष गर्दै क्षेत्रीय तह हुँदै उपाध्यक्षसम्म भए । उपाध्यक्ष संगै उनि गैर आवासीय नेपाली संघ अमेरिकाको लागि अध्यक्ष पदका प्रत्यासी भए र बिजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस