सुनसरीमा १ सय ६५ केजी गाँजासहित एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, ११ : २८
सुनसरीमा १ सय ६५ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । सुनसरीमा १ सय ६५ किलो गाँजा सहित एकजना पक्राउ परेका छन् ।  कोशी गाउँपालिका–८ भण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा  सोही स्थानका ४० वर्षीय गणेश यादव रहेको प्रहरीले जनाएको छ । 

आइतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको हो।

पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस