ओलीद्वारा एमाले स्थायि कमिटि बैठक आह्वान ,होला त नेपाल पक्षका सांसदलाई कारबाही ?

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १२ : ५०
ओलीद्वारा एमाले स्थायि कमिटि बैठक आह्वान ,होला त नेपाल पक्षका सांसदलाई कारबाही ?

file-photo

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजे बस्ने भएको छ ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समिक्षा गर्ने र थप निर्णय लिने कार्यालय सचिव शेरवहादुर तामाङले बताए ।

एमालेको अघिल्लो स्थायी कमिटी बैठकले सुरेन्द्र पाण्डे,घनश्याम भुसालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।

उनीहरु कसैले स्पष्टीकरण दिएका छैनन् । यसअघि माधव नेपाल,झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप नेतामाथि कारवाहीको विषय अघि बढाउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस