विपक्षी ५ दलको सरकारलाई चेतावनी : दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नुहोस्

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १२ : ३५
विपक्षी ५ दलको सरकारलाई चेतावनी : दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नुहोस्

काठमाडौँ । बुढानीलकण्ठमा आज बसेको विपक्षी ५ दलको बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारबाही नगर्न चेतावनी दिएको छ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकपछि सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जारी गरेको संयुक्त विज्ञप्तिमा वैकल्पिक सरकार दाबी गरिएको अवस्था रहेकोले अहिलेको सरकारले दीर्घकालीन कामकारबाही गर्न नमिल्ने भनिएको छ।

उनीहरूले सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अङ्ग र निकायलाई आग्रहसमेत गरेका छन्।

सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने पनि विश्वास उनीहरूले लिएका छन्।

संविधान र लोकतन्त्रका पक्षमा आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सबै राजनीतिक दलका नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस