पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि सुरु हुँदैछ । पोखरा सभागृह हलमा दिउँसो १ बजेपछि बैठक सुरु हुनेछ । प्रदेशसभा शुरु हुने पहिलो दिनमै प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची तोकिएको छ । बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।
सोमबार बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।
कोरोना भाइरस फैलदो संक्रमणका कारण नदीपुरबाट गत वर्षदेखि नै पोखरा सभागृहमै बैठक सारिएको हो । यही बजेट अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने तयारी गरेका छन् । उनले ३० दिनभित्र अर्थात जेठ २७ सम्म संविधानको धारा १६८ ९४० बमोजिम विश्वासको मत लिनुपर्ने कानुनी ब्यवस्था छ ।
नीति तथा कार्यक्रम प्रस्तुत हुनुभन्दा अगाडि नै विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री गुरुङ निकट स्रोतले जनाएको छ । नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्त भएको मितिले ३० दिनभित्र उनले विश्वासको मत लिन नसके प्रदेशस प्रमुखबाट बहुमत प्राप्त दलको नेताको हैसियमा मुख्यमन्त्री दबी गर्न आह्वान गर्ने छन् । त्यो सम्भव नभएका प्रदेशमा मध्यावधि निर्वाचनमा जाने सम्भावना रहन्छ ।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले जेठ १६ का लागि बर्खे अर्थात बजेट अधिवेशन आह्वान गरेकी हुन् । वर्षे अधिवेशन खासगरी नीति कार्यक्रम एवं बजेटसँग सम्बन्धित हुन्छ । शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नलिँदासम्म बजेट ल्याउन नहुने विपक्षी दलले आवाज उठाएका थिए । तर, सरकारमा रहेको नेकपा एमाले पक्षधरले भने मुख्यमन्त्रीले विश्वासको मत पनि लिने र बजेट पनि ल्याइछाड्ने अडान राखेका थिए ।
गण्डकीमा कुल ६० सदस्य छन् । तीमध्ये नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ सदस्य छन् । स्वतन्त्र सांसद दिपक मनाङे सहित मुख्यमन्त्रीसँग २८ सिट रहेको छ । गण्डकी प्रदेशमा सरकार बनाउनका लागि ३१ मत आवस्य पर्छ । तर, सरकार बचाउन मुख्यमन्त्री गुरुङलाई जनमोर्चाका तीन मत आवस्यक पर्छ ।तत्काल मुख्यमन्त्री गुरुङले जनामोचोको तीन मत पाउने सम्भावना छैन। हाज जनमोर्चाका तीन सांसद सत्तापक्ष र प्रतिपक्षमा बाँडिएको अवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरियन सहयोगमा प्राविधिक शिक्षालय निर्माण गर्न सम्झौता
एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन पोखरामा
म्याग्दीमा पर्यटन पूर्वाधार निर्माण गर्न ११ योजना
प्रधानमन्त्रीको चीन भ्रमणमा विशिष्टीकृत अस्पतालको एजेण्डा समावेश गर्न प्रस्ताव
गण्डकीका भौतिक मन्त्रीको सम्पत्ति : ५ सेट हिरा, ९५ तोला सुनसहित करोडौँ पर्ने जग्गा
गण्डकीका वन मन्त्री भेषबहादुरद्वारा शपथ ग्रहण