संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठलाई राखिएकोमा कानुन व्यवसायीको प्रश्न

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १२ : २१
संवैधानिक इजलासमा न्यायाधीश श्रेष्ठलाई राखिएकोमा कानुन व्यवसायीको प्रश्न

काठमाडौँ ।प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बहस सुरु भएको छ । 

रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट बहसमा आएका कानुन व्यवसायीले आइतबारको बहसको सुरुमै न्यायाधीश श्रेष्ठको सहभागिता यो मुद्दाका लागि संवैधानिक इजलासमा हुन नहुने भन्दै कुरा उठाएका थिए ।

कानुन व्यवसायी गोविन्द बन्दीले उक्त कुरा उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले लिखितमा आफ्ना धारणा दिन भनेका थिए । तर कानुन व्यवसायी नमानेपछि बहसका लागि समय दिइएको हो ।

बन्दीले पहिला पनि कुरा उठाएको र आज पनि सोही कुरा रहेको बताएका थिए । त्यसपछि प्रधानन्यायाधीश श्रेष्ठले कति जनाले उक्त विषयमा बहस गर्ने भनेर सोधेका थिए । जवाफमा बन्दीले ५ जना कानुन व्यवसायीले १ घण्टाभित्र बहस सक्ने बताएका थिए । त्यसपछि बहसको सुरुवात भएको छ ।

नेकपाको नामको मुद्दालाई लिएर ऋषि कट्टेलको मुद्दमा नमागेको विषयमा फैसला दिएको भन्दै प्रश्न उठेको हो । मागदाबीबेगर फैसला दिने न्यायाधीशमा कुमार रेग्मी र बमकुमार श्रेष्ठ थिए । फागुन २३ गतेको उक्त फैसलाले एमाले र माओवादीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थामा फर्काएको थियो ।

प्रतिक्रिया दिनुहोस