धनगढी । नेकपा एमालेको सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेको छ ।एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरा स्पष्टीकरण मागेका हुन् ।
बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।
दलका नेता शाहले बोहरालाई जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । तथ्यसंगत जवाफ नदिएमा संसदीय दलको विधान बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १० : ५९
लेखकबाट थप