विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १८ : १९
विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज

काठमाडौं । सरकारले विवादित बन्दै आएको संसद विकास कोष कार्यक्रम खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७७र७८ को बजेट भाषणमार्फत सो घोषणा गरेका हुन् ।

संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ को बजेट सदुपयोग हुन नसकेको भनेर विरोध हुँदै आएको थियो । अर्थमन्त्री पौडेलले बजेटमा स्रोत अभावका कारण यो कोष खारेज गरिएको बताए ।
 

प्रतिक्रिया दिनुहोस