नेपालमा राजतन्त्र फर्काउन भारत लागेको आरोप श्यामशरणले किन लगाए ?

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : ०४
नेपालमा राजतन्त्र फर्काउन भारत लागेको आरोप श्यामशरणले किन लगाए ?

काठमाडौं । नेपालका राजनीतिक दल र नेकपा माओवादीबीच नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको मुख्य योजनाकार भारतका तत्कालीन विदेश सचिव श्यामशरणले नेपालको राजतन्त्रको विषयमा बोलेका छन् । श्यामशरणले नेपालमा गणतन्त्र खतरामा परेको आशयसहितको लेख लेखेका छन् ।

आज इन्डियन एक्सप्रेसमा नेपालको राजतन्त्रको विषयमा लेख लेख्दै भनेका छन्, ‘राजसंस्थाको अन्त भारतको ठूलो उपलब्धि थियो, अहिले पनि नेपालको राजतन्त्रको विषयमा भारतले आफ्नो धारणा पष्ट पार्ने बेला आएको छ ।’ भारतमा भारतीय जनता पार्टी सत्तामा रहँदा उनले नेपालको गणतन्त्रमाथि खतरा बढेको आशयसहितको लेख लेख्नुलाई नेपालको राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ । उनले भारतको सत्तारुढ भारतीय जनता पार्टीलाई नेपालमा ‘राजसंस्था फर्काउन नखोजेको’ प्रष्ट पार्न भनेका छन् । 

श्यामशरणको भारतको वर्तमान सत्तासँग सम्बन्ध सुमधुर नभएको बेला उनले भारतले नेपालको राजतन्त्रबारे प्रष्ट पार्न भनिरहँदा यसको चर्चा नेपालमा पनि भइरहेको छ । भाजपाको मेरुदण्ड मानिएको राष्ट्रिय स्वयंसेवक र विश्व हिन्दु परिषद्का केही नेताहरुले नै नेपालमा हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने अभिव्यक्ति दिएको विषय पनि श्यामशरणले लेखमा उल्लेख गरेका छन् । राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट दूरी बनाएर भारतविरोधी राष्ट्रवादलाई प्रोत्साहित गरेको समेत तर्क गरेका छन् । चीनलाई नजिक ल्याउने र भारतलाई टाढा बनाउने राजसंस्थाको गतिविधिकै कारण भारतले अन्तमा भूमिका खेलेको उनको लेखको आशय देखिन्छ ।

भाजपा सरकारले राजसंस्थासहित हिन्दुराष्ट्र फर्काउन खोजेको हुनसक्ने आयस उनको लेखमा छ ।  श्यामशरणले लेखेका छन्, ‘भारतले राजसंस्था फर्काउन भूमिका खेलिरहेको चर्चा काठमाडौंमा चलिरहेको छ ।’ श्यामशरणले राजसंस्थाले जहिले पनि भारतको हितविपरितको कार्य गरेको टिप्प्णी गरे । उनले लेखेका छन्, ‘भारत सरकारले राजसंस्था फर्काउन नचाहेको स्पष्ट पार्नुपर्छ ।

विगतमा राजसंस्थाले नेपाललाई भारतबाट टाढा बनाउने भूमिका खेलेको विषयहरु समेत उल्लेख गरेका छन् । आफू राजदूत हुँदै विदेशसचिव बन्दा राजसंस्थाको भूमिका भारतको अहितमा पाएको समेत तर्क गरे । उनले लेखेका छन्, ‘राजसंस्थाले जहिले पनि नेपाललाई भारतबाट टाढा बनाउन भूमिका खेलेको मेरो अनुभव छ । भारतले नेपालमा राजसंस्था फर्काउने भूमिका निभाउन हुँदैन ।’

तर, उनले भारतको सत्तारुढ भाजपाप्रति राजसंस्था फर्काउन भुमिका खेलेको गम्भीर आरोप लगाएका छन् । श्यामशरणले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भाजपा सरकारलाई राजसंस्थासहितको हिन्दु राष्ट्र ल्याउन भूमिका खेल्ने वाचा गरेको बुझाई राजनीतिक र सर्वसाधारणको विचारमा बनेको छ ।’ भाजपाका एक नेताले श्यामशरणले भनेजस्तो भारतले नेपालमा राजसंस्था फर्काउन नचाहेको बताए । 

प्रतिक्रिया दिनुहोस