उपेन्द्र यादवद्वारा महन्थ ठाकुर २४ घण्टे स्पष्टिकरण

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १४ : १६
उपेन्द्र यादवद्वारा महन्थ ठाकुर २४ घण्टे स्पष्टिकरण

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरलाई पुनः स्पष्टीकरण सोधेका छन् । 

जेठ ८ गतेको निर्णय अनुसार सोधिएको स्पष्टिकरणको जवाफ नआएको हुनाले दोस्रो पटक पुन: यो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो जवाफ प्राप्त नभए राजनीतिक दल सम्बन्धी ऐन २०७३ र पार्टीको विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९ (५) ५० )१) र जेठ ८ मा भएको निर्णयको बुँदा ४ बमोजिम निष्काशनो समेत कारवाही हुने स्पष्टिकरण पत्रमा उल्लेख छ ।