काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित सहजै हुने अवस्था नरहेको बताएका छन् ।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यादेशमा निर्णायक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताको लागि आफ्नो सिद्धान्त छाडेर छानेजस्तो नलागेको बताए ।
उनले भने, ‘विधि र प्रक्रियासँग सम्बन्धित विषयमा उहाँहरू अहिलेसम्म उडिनुभएको छ । उहाँहरू आफ्नो मुद्दा छाडेर खाली सत्ताको लागि जानुहुन्छ जस्तो लाग्दैन । उहाँहरूले निर्णय गर्न बाँकी छ । केन्द्रीय समिति बैठक बोलाउनुभएको थियो । रोकिएको छ । उहाँहरूले आफ्नो अडान छाड्नुभएन भने राष्ट्रियसभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दै छ ।’
उनले सरकारले गलत नियतले अध्यादेश ल्याएकाले राष्ट्रिय सभामा रोकिएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने
उपेन्द्र यादवको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै