सुदूरपश्चिम सरकार पुनर्गठन, थपिए ४ मन्त्री र ४ राज्यमन्त्री

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १७ : ५४
सुदूरपश्चिम सरकार पुनर्गठन, थपिए  ४ मन्त्री र ४ राज्यमन्त्री

कैलाली । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गरेका हुन् ।

प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकासमन्त्रीमा दीर्घ सोडारी र उद्योग वन तथा वातावरणमन्त्रीमा मानबहादुर धामी चयन भएका छन् ।

त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार राज्यमन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस