तामाङलाई हटाउँदै सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा खड्कालाई जिम्मेवारी

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १६ : ०२
तामाङलाई हटाउँदै सुदूरपश्चिममा एमाले प्रमुख सचेतकमा खड्कालाई जिम्मेवारी

कैलाली।सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङलाई दलका नेता प्रकाश शाहले नेकपा एमालेको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । उनले आज तामाङलाई जिम्मेवारीबाट हटाउँदै प्रमुख सचेतकको जिम्मेवारी लालबहादुर खड्कालाई दिएका छन् ।

तामाङ र खड्का दुबै कञ्चनपुरका हुन् । त्यस्तै आज नै सचेतकमा दुर्गा विकलाई नियुक्त गरिएको छ। उनी अछामकी हुन् । यस अघि एमालेमा सचेतक थिएनन् ।

प्रतिक्रिया दिनुहोस