केपी ओली राष्ट्रपतिलाई हातमा लिएर निरंकुश बने : प्रोफेसर डा एसडी मुनी

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १४ : ४८
केपी ओली राष्ट्रपतिलाई हातमा लिएर निरंकुश बने : प्रोफेसर डा एसडी मुनी

काठमाडौँ । नेपाल सम्बन्धी जानकार जेएनयूका प्रोफेसर एसडी मुनीले केपी ओलीले राष्ट्रपतिलाई हातमा लिएर निरंकुश बनेको आरोप लगाएका छन् । उनले एक भारतीय टिभी सोलाई अन्तरवार्ता दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले संसद भंग गर्नु र निर्वाचनको घोषणा गर्नु असंवैधानिक भएको दावी गरे । 

उनले भने, ‘नेपालकी राष्ट्रपति प्रधानमन्त्री ओलीले जता लैजाँदैछन् , त्यतै गइरहेकी छिन् । यसलाई संविधान र सर्वोच्च अदालतले कसरी हेर्छ मैले भन्न सक्दिनँ ।’ उनले प्रधानमन्त्रीले सत्ता छोड्न नचाहने र राष्ट्रपति भण्डारीले पनि यही कुरामा साथ दिँदै आएकी बताए ।  उनले भने, ‘ओलीको अनिश्चितताकाबीच सत्तामा रहने रणनीति हो ।नेपालमा रहेका पाँच ठूला राजनैतिक समूह मध्ये ३ या ४ समूहले ओलीको निरन्तरता चाहँदैन । आफ्नो पार्टीबाटै पनि बहुमत दाबी गर्न सक्ने अवस्था छैन यस्तो अवस्थामा ओलीले के गर्न सक्छन् ?’

उनले संसद भंग गरेर चुनावको पासा फालेका छन् ।’उनका अनुसार ओलीको राजनैतिक अनिश्चितता हो । उनले भने, ‘ प्रचण्डसँग मिलेर ठूलो पार्टी बनाएका थिए र आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । त्यो सहमतिबाट बाहिरिए, त्यसमा विरोध सुरुभयो, त्यही आक्रोश साम्य पार्न संसद विघटन गरे ।’  उनले आफूलाई राष्ट्रपति बनाउन ओलीले खेलेको भूमिकाको गुन विद्यादेवी भण्डारीबाट तिर्ने काम भइरहेको बताए । 

अन्तर्वार्तामा उनले भने, ‘ओलीले निरंकुशतालाई संरक्षण गरेर बसेका छन् , तिनलाई समर्थन गर्नु लोकतकन्त्र, गणतन्त्र र भारतको हित विपरित छ । अबको ६ महिना पनि भारतले नयाँ समिकरणको लागि आफ्नो भूमिका प्रस्तुत गरिरहन्छ ।’ 

प्रतिक्रिया दिनुहोस