प्रधानमन्त्री र राष्ट्रपतिले जुन खेल खेल्नुभएको छ, त्यो निर्लज्ज छ : शम्भु थापा

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १४ : ०१
प्रधानमन्त्री र राष्ट्रपतिले जुन खेल खेल्नुभएको छ, त्यो निर्लज्ज छ : शम्भु थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधान उल्लंघन गर्ने काम भएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनबारे कानून र संविधानविद्सँगको छलफलका क्रममा थापाले राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिनिधिसभा मार्ने व्यवस्था नरहेको बताएका हुन् । उनले जनता, सांसद र कानुन व्यवसायीले कानुन माने पनि सरकारमा रहनेले कानून नमानेकोमा गुनासो समेत गरे । 

आवश्यक परेमा जनमत पुष्टि गर्नुपर्ने अवस्था आउने थापाले बताए । त्यसका लागि जनता र नागरिक समाजले सोच्नुपर्ने उनको भनाइ थियो ।संविधानको व्याख्या राष्ट्रपति र प्रधानमन्त्रीले भान्सामा बसेर गर्न नमिल्ने बताए ।

उनले भने, ’घरमा बसेर, किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले राति हरहिसाब गरेर, उहाँहरूको अंकगणितले यो धाराबाट यो धारामा जान्छ र यो धाराबाट यो उपधारामा जान्छ भनेर जुन खेल खेल्नुभएको छ त्यो निर्लज्ज छ ।’

 

प्रतिक्रिया दिनुहोस