राष्ट्रिय सभामा निर्वाचित देवकोटाले आज सपथ लिँदै

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १२ : ४८
राष्ट्रिय सभामा निर्वाचित देवकोटाले आज सपथ लिँदै

काठमाडौं । उपनिर्वाचनबाट राष्ट्रिय सभामा निर्वाचित खिमलाल देवकोटाले पद तथा गापनीयताको सपथ लिदैछन् । दिउँसो १ बजे संघीय संसद सचिवालयमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ खुवाउने छन् । यही जेठ ६ गते भएको उपनिर्वाचनमा ओली पक्ष एमालेका उम्मेदवार रामबहादुर थापालाई देवकोटाले पराजित गरेका थिए ।

देवकोटाले ५ हजार ८८ मत भार पाएका थिए भने पराजित भएका थापाले ४ हजार १४ मतभार पाएका थिए । माओवादी केन्द्रले एमालेमा लागेका थापालाई कारवाही गरेपछि रिक्त भएको सो स्थानका लागि उपनिर्वाचन गरिएको थियो ।


 

प्रतिक्रिया दिनुहोस