संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्नेहरूका लागि टाइमकार्ड लागू, प्रत्येक अधिवक्तालाई १० मिनेटको समय तोकियो

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १२ : ३६
संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्नेहरूका लागि टाइमकार्ड लागू, प्रत्येक अधिवक्तालाई १० मिनेटको समय तोकियो

काठमाडौं । प्रतिनिधिसभा विघनटसम्बन्धी मुद्दामा बहस गर्नेहरूका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले टाइमकार्ड लागू गरेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरू भएको सुनुवाइका लागि प्रत्येक अधिवक्तालाई १० मिनेटको समय तोकिएको छ।

यसअघि पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा परेको मुद्दामा बहस गर्दा एकजना अधिवक्ताले नै घण्टौं समय लिएका कारण सुनुवाइ लम्बिएको थियो। त्यसैलाई मध्यनजर गर्दै यसपटक सुरुबाटै बहसको समय सीमा तोकेको हो। यद्यपि, वरिष्ठको हकमा भने समयसीमाबारे केही उल्लेख गरिएको छैन।  

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ सुरू भएको हो। अधिवक्ता सन्तोष भण्डारीले बहस सुरु गरेका छन्।

प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको इजलास गठन गरेका थिए। 

प्रतिक्रिया दिनुहोस