७ वर्ष कैद तोकिएका एक अभियुक्तसहित तीनजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, १८ : १९
७ वर्ष कैद तोकिएका एक अभियुक्तसहित तीनजना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले फरार ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार ७ वर्ष कैद र ७० हजार जरिवाना तोकिएका  फरार व्यत्तिहरु लाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भरतुर महानगरपालिका वडा नं २४ बस्ने पदमबहादुर तामाङ्ग, भरतपुरकै वडा नं ११ मालपोतचोक बस्ने वर्ष ३५ का रजत श्रेष्ठ , राप्ती नगरपालिका वडा नं २ बस्ने २५ वर्षिय सुदिप भन्ने तारानाथ पाण्डे रहेका छन् ।  

लागुऔषध गाँजा मुद्दामा तामाङ्गलाई २०७७ चैत १२ गते जिल्ला अदालत चितवनले ७ वर्ष कैद ७० हजार जरिवाना सुनाएको थियो । सोही समयदेखि फरार भएका तामाङ्गलाई जेष्ठ ११ गते प्रहरीले नियन्त्रणमा लिएको हो । अभियुक्त तामाङ्गलाई चितवन प्रहरीले फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भरतपुरमा बुझाएको छ । 

लागुऔषधसहित दुई जना पक्राउ 

चितवन प्रहरीले राप्ती नगरपालिका वडा नं ३ गड्यौलीबाट लागुऔषध नाईट्रोजेपाम ४ सय ९० ट्याब्लेटसहित सुदीप भन्ने तारानाथ पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ।

यस्तै भरतपुर ११ मालपोतचोक नजिक संचालित मुक्तिनाथ डिजिटल फार्मेसी संचालक रजत श्रेष्ठलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ  । उनको साथबाट लागु औषध क्यारज्याक, नुरफिन, फेनरगन १७—१७ एम्पुल र नाइट्रोवेट—१० ३८ ट्याब्लेट भेटिएको थियो । पक्राउ अभियुक्त माथि जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस