नेकपा एमालेका सचिव योगेश भट्टराई र गोकर्ण विष्ट नेपाल समूहका नेताहरू सँगै

सफल खबर संवाददाता

बुधबार, १२ जेठ २०७८, १८ : ३२
नेकपा एमालेका सचिव योगेश भट्टराई र गोकर्ण विष्ट नेपाल समूहका नेताहरू सँगै

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराई  र गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूसँग मिलेर वक्तव्य निकालेका छन्।केही दिनअघि प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने नेपाल समूहको निर्णयमा भट्टराई र विष्टले सहमति जनाएका थिएनन्। तर विष्टले राष्ट्रपतिलाई राष्ट्रपतिलाई बुझाएको १४९ जनाको सूचीमा हस्ताक्षर भने गरेका थिए।

खनाल-नेपाल समूहका २६ जनाले गरेको हस्ताक्षरमा भने भट्टराईले हस्ताक्षर नगरेपछि माधव नेपाल समूहलाई छोडेको अनुमान गरिएको थियो। बुधबार भट्टराई र विष्ट दुबैले नेपाल समूहका  झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ स्थायी कमिटी सदस्यसँग मिलेर वक्तव्य निकालेका हुन्।

नेकपा एमालेबाट कारबाहीमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपालसहित १५ जना स्थायी कमिटी सदस्यले ओलीविरुद्ध निर्णायक संघर्षमा होमिन सामूहिक अपिल गरेका छन् ।

केपी ओलीका पार्टीभित्र र देशमा गरिएका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरुका विरुद्ध सम्पूर्ण वामपन्थी र लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसका लागि हामीहरु तत्परताका साथ आवश्यक पाइला चाल्न अग्रसर छौं । यस कार्यमा आ–आफ्नो ठाउँबाट एकता र दृढताका साथ केपी गुटका धाकधम्की, प्रलोभन र भ्रमलाई अस्वीकार गर्दै दृढताका साथ अघि बढ्न नेकपा एमालेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’

 

प्रतिक्रिया दिनुहोस