गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ मा बोलाउन सिफारिस

सफल खबर संवाददाता

मंगलबार, ११ जेठ २०७८, १६ : ०७
गण्डकी प्रदेश सभाको अधिवेशन जेठ १६ मा बोलाउन सिफारिस

कास्की । गण्डकी प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते बोलाउनका लागि सरकारले प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । 

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले १६ गते दिउँसो १ बजे सभागृह हलमा अधिवेशन बोलाउनका लागि सिफारिस गरेको हो ।

गण्डकी प्रदेशमा पछिल्लो समयमा कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भएपछि सामाजिक दुरी पालनाका लागि सभागृह हल रोजिएको हो । गत बर्ष पनि संक्रमण बढेको बेला बजेट अधिवेशन पोखरा सभागृहको हलमानै भएको थियो ।

प्रदेश सभाको अधिवेशन यही जेठ १६ गते सभागृह हलमा डाक्नका लागि प्रदेश प्रमुख समक्ष सिफरिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकको बैठकमा भएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । 

गण्डकी प्रदेश सरकारको सातौं अधिवेशन चैत २५ गतेबाट सुरु भएर वैशाख २ गते अन्त्य भएको थियो । त्यस लगत्तै काँग्रेस लगायतका दलहरूको आग्रहमा प्रदेश प्रमुखले वैशाख १३ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए । 

आगामी असार १ गते भित्र प्रदेश सरकारले बजेट ल्याउनु पर्ने र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २८ गते भित्र विश्वासको मत लिनुपर्ने भएकाले अधिवेशन डाकिएको हो ।
 

प्रतिक्रिया दिनुहोस