माधव नेपालसहित ११ सांसदलाई कारबाही गर्दै एमाले

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १९ : ०३
माधव नेपालसहित ११ सांसदलाई कारबाही गर्दै एमाले

काठमाडौं । नेकपा एमालेले माधव नेपालसहित ११ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा एमालेले माधव नेपाल, झलनाथ खनालसहितका ११ सांसदमाथि कारवाही प्रक्रिया थालेको छ ।

पहिलो चरणमा ११ सांसदमाथि स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ । चित्तबुझ्दो जवाफ नआए ११ सांसदलाई साधारण सदस्यबाट समेत हटाउने मनस्थिति एमालेले बनाएको छ ।

स्पष्टीकरणमा पर्नेमा नेपालसहित झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, निरादेवी जैरु,  लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का, सरला यादव, पुष्पाकुमारी कर्ण र कलिला खान रहेका छन् । उनीहरुलाई सोमबारसम्म जवाफ बुझाउने गरी पार्टीले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया दिनुहोस