बाँकेमा थप १३ जना कोरोना संक्रमितको मृत्यु

रासस

शुक्रबार, ०७ जेठ २०७८, ११ : १९
बाँकेमा थप १३ जना कोरोना संक्रमितको मृत्यु

रूपन्देही । बाँकेमा एकैरातमा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको नेपालगन्ज मेडिकल कलेज बोलपुरमा र ७ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।

डिसीसीएमसी बाँकेले दिएको जानकारी अनुसार मेडिकल कलेज कोहलपुरमा मृत्यु हुनेमा घोराही दाङकी ३५ वर्षीया महिला, घोडाघोडी कैलालीकी ४० वर्षीया महिला, गुलरिया बर्दियाकी ५५ वर्षीया महिला, राप्ती सोनारी बाँकेका ३३ वर्षीय पुरुष, राप्तीसोनरीकै ५५ वर्षीया महिला र बैजनाथ बाँकेका ३३ वर्षीय पुरुष रहेका छन् ।

भेरी अस्पतालमा मृत्यु हुनेमा कालिमाटी सल्यानका ३४ वर्षीय पुरुष, नेपालगन्ज १३ की ६३ वर्षीया महिला, खजुरा ७ का ४८ वर्षीय पुरुष, लम्कीचुहाका ६७ वर्षीय पुरुष, खजुरा ३ का ६७ वर्षीय पुरुष, कपुरकोट सल्यानका ४४ वर्षीय पुरुष र बैजनाथ बाँकेका ४३ वर्षीया महिला रहेका छन् ।

बाँकेमा जिल्ला बाहिरबाट उपचार गर्न आएकामध्ये २२२ जना संक्रमितको मृत्यु भइसकेको छ भने बाँकेका २६७ जनाको मृत्यु भएको छ । जिल्लामा संक्रमणको दर केही घटे पनि मृत्यु दर घटेको छैन।

प्रतिक्रिया दिनुहोस