तिब्बत सरकारले नेपाललाई दियो १५० सिलिन्डर लिक्विड अक्सिजन

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १२ : २७
तिब्बत सरकारले नेपाललाई दियो १५० सिलिन्डर लिक्विड अक्सिजन

काठमाडौँ । चीनको तिब्बत सरकारले नेपाललाई १५० सिलिन्डर लिक्विड अक्सिजनसंगै अन्य स्वास्थ्य सामग्री सहयोग हस्तान्तरण गरेको छ ।  दिएको छ । आज (बिहीबार) तिब्बत सरकारले ल्हासामा एक कार्यक्रमको आयोजना गरि लिक्विड सिलिण्डर सहित अन्य सामग्रीहरु नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरेको हो ।

तिब्बत सरकारले दिएको १५० सिलिन्डर लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका करिब ६ हजार सिलिन्डर भर्न सकिने जनाईएको छ । त्यस्तै चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले  २ सय थान आईसीयू बेड, ५ थान भेन्टिलेटर र १० थान कन्सनट्रेटर दिने प्रतिबद्धता जनाएको छ ।

तिब्बतले स्थलमार्गबाट कोरोना रोकथाम तथा नियन्त्रणका सामग्री लिएर आउने कार्गोलाई बिनारुकावट पठाउने हरसम्भव प्रयास गर्ने वचन दिएको पनि महावाणिज्यदूत ढकालले बताए ।

त्यस्तै शानशीस्थित एक कम्पनीले दिएको ३० वटा अक्सिजन कन्सनट्रेटर शुक्रबार सिल्क ट्रान्सपोर्टमार्फत पठाइने पनि उनले जानकारी दिएका छन् । त्यस्तै तिब्बतको गुडविल फाउन्डेसनले ५० वटा अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरेको उनले बताए ।


 

प्रतिक्रिया दिनुहोस