पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि, २ सय ४६ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १६ : ४६
पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ७३ जनामा संक्रमण पुष्टि, २ सय ४६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३  जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।  यस्तै ७ हजार ९८९ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएको पनि गौतमले जानकारी दिए । 

यसैगरी पछिल्लो २४ घण्टामा भक्तपुरमा २ सय २८, ललितपुरमा २ सय ७० र काठमाडौंमा १ हजार ९८८ गरी उपत्यकामा जम्मा २ हजार ४ सय ८६  जनामा संक्रमण पुष्टि भएको पनि गौतमले जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा २ सय ४६ को मृत्यु भएको छ ।