लमजुङ केन्द्र रहेर बिहानै ५.८ म्याग्नेच्युटको भूकम्प

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, ०६ : २८
लमजुङ केन्द्र रहेर बिहानै  ५.८ म्याग्नेच्युटको भूकम्प

काठमाडौं । लमजुङ केन्द्र रहेर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ ।

बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसुस गरिएको छ 

लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस