नलकटुवा पेस्तोलसहित एक जना पक्राउ

रासस

सोमबार, ०३ जेठ २०७८, ११ : १३
नलकटुवा पेस्तोलसहित एक जना पक्राउ

सर्लाहि । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले  पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवालका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय केशरगञ्ज, वयलवाल र प्रहरी चौकी फुलजोरको संयुक्त गस्ती टोलीले शङ्का लागि जाँच गर्दा महतोको साथबाट एकथान मोबाइल, एक थान नकाब, रातिको समयमा प्रहरीले लगाउने जस्तो रङको ज्याकेट एक थान र विआर ३० यु ७७७३ नम्बरको भारतीय मोटरसाइकल बरामद गरेको प्रहरी निरीक्षक ढुङ्गानाले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस