काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं १० जनगालमा कोभिड समर्पित अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ ।
नगरपालिकाले अस्पतालसंँग सम्झौता गरी कोभिड बिरामीको उपचारका लागि व्यवस्था गर्न आवश्यक प्रबन्ध मिलाएको छ । नगरपालिकाबाट १५ शय्याको स्वीकृति लिई सञ्चालन गर्न लागिएको अस्पतालमा पहिलो चरणमा चार शय्याको सघन उपचार कक्ष र ६ शय्याको अक्सिजनसहितको श्यया हुने छ ।
नगरपालिका र अस्पताल प्रशासनबीच आठबुँदे सम्झौता गरी शुरुमा १५ शय्या र पछि २५ शय्या नै सञ्चालन गर्ने गरी आवश्यक व्यवस्थापन भइरहेको अस्पतालका प्रबन्ध निर्देशक सगुन कायस्थले बताए।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०१ जेठ २०७८, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
आठ वर्षसम्म बनेन तीन वर्षमा बन्नुपर्ने बेनी अस्पतालको भवन
गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्
बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन