ईस्लाम धर्मावलम्वीहरूको महान पर्व ‘इद’ आज, कोरोना महामारीलाई ध्यान दिदैं धुमधामसंग मनाइदैं

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, ०९ : १६
ईस्लाम धर्मावलम्वीहरूको महान पर्व ‘इद’ आज, कोरोना महामारीलाई ध्यान दिदैं धुमधामसंग मनाइदैं

काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान आज धुमधामसँग मनाइँदै छ। प्रदेश सरकारले यो पर्वलाई लक्षित गर्दै केही प्रदेशहरुमा सार्वजनिक बिदा समेत गरेको छ । सरकारले कोरोना संक्रमणको महामारीलाई ध्यान दिदैं सतर्कतापुर्वक पर्व मनाउ आग्रह गरेको छ । 

यो पर्वलाई मुस्लिम समुदायले ‘इद उल फित्तर’ को नामले पनि मनाउने गर्छन् ।  यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा (उपावास) बसेका थिए। नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो। रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो। रमजान महिनामा नै मुसलमानका सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ।

दान दिनु गरीब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो। रमजान ब्रतको हिजो अन्तिम साँझ मुसलमानले चन्द्रमा हेर्न आकाश तिर दृश्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ। नेपाली जामे मस्जिद काठमाडौंले बुधबार विज्ञप्ति जारी गरी आज नेपालको कुनै भाग र छिमेकी राष्ट्रहरूबाट पनि चन्द्रमा नदेखिएकोले ‘इद’ शुक्रबार मनाउन सूचना जारी गरेको थियो।

खाडी मुलुकमा विहीबार ‘इद’ धुमधामसँग मनाएको छ। ती देशहरूमा नेपालको भन्दा एक दिन अगाडि चन्द्रमा हेर्न पाउँछन् । यो पर्वमा मुलसलमानहरूले विशेष परिकार बिरयानी, पुलाउ, सेबइ, मासुका विभिन्न प्रकार, फलफूल आदि खाने गर्दछन्।

प्रतिक्रिया दिनुहोस