काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली र दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखाको प्रभाव मौसममा रहेको जनाएको छ । जसका कारण देशको अधिकांश भूभागमा आंशिक बदली रहेको बताइएको छ ।
यस्तै आज दिनभर देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागहरूमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाहाखाले जनाएको छ ।
यस्तै रातिप्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा भने हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आज देभरको मौसम ?
कस्तो रहला आजको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?