पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: अध्यक्ष प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, २१ : ४४
पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो हो: अध्यक्ष प्रचण्ड

फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीहरू फुटेको भन्दा जुटेकै राम्रो बताएका छन् । स्वकीय सचिव एवम् छोरी गंगा दाहालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओलीको वार्तापछि माधवकुमार नेपालले केही दिनलाई राजीनामा टरेको बताएका थिए। 

अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेका थिए । फागुन २८ को निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने विषयमा ओली लचक देखिएका कारण तत्काल राजीनामा टरेको एमाले माधव नेपाल पक्षका एक नेताले बताए ।  उनका अनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार दिउँसो छलफल भएपछि नेपाल पक्षले तत्काल राजीनामा नआउने निश्चित भएपछि कांग्रेस र माओवादीले नयाँ सरकारको दावी नगर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस