माओवादी बैठकको निष्कर्ष : माधव नेपाल पक्षका कारण सम्भव भएन नयाँ सरकार

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १८ : ३१
माओवादी बैठकको निष्कर्ष : माधव नेपाल पक्षका कारण सम्भव भएन नयाँ सरकार

काठमाडौं । नेकपा माओवादी केन्द्रले माधव नेपाल पक्षका कारण नयाँ सरकार सम्भव नभएको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको समयभित्र बहुमत प्रस्तुत गर्ने आधार जसपाको महन्थ ठाकुर र एमालेको माधव नेपाल पक्षका कारण सम्भव नभएको निष्कर्ष निकालेको हो ।

आज साँझ केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले दलहरुसँगका वार्ताको बारेमा जानकारी गराएका नेता देवेन्द्र पौडेलले बताए । आजै तीन दलको बैठक फेरि बस्ने जानकारी समेत उनले गराएका थिए ।

माओवादी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल पक्षको राजीनामा नआएको र महन्थ पक्षले केपी ओलीलाई नै साथ दिएका कारण अब ओली नै प्रधानमन्त्री नियुक्त हुने सम्भावना देखिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस