कोरोनाबाट चितवनमा आठ जनाको मृत्यु, २५६ जना आइसियूमा

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १७ : २४
कोरोनाबाट चितवनमा आठ जनाको मृत्यु, २५६ जना आइसियूमा

चितवन । पछिल्लो २४ घन्टामा चितवनमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवनका विभिन्न अस्पतालमा २५६ जनाको आइसियू कक्षमा उपचार भइरहेको छ । ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

भरतपुर अस्पतालमा १, चितवन मेडिकल कलेजमा ३ र पुरानो मेडिकल कलेजमा १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अन्य अस्पतालमा ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा चितवनका विभिन्न अस्पतालहरुबाट ५० जना डिस्चार्ज भएका छन्  । विभिन्न अस्पतालहरुमा उपचारको लागि ४७० जना कोरोना संक्रमित बिरामी भर्ना भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा चितवनमा थप २०८ जनालाई कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा १६८, खैरहनी नगरपालिकामा १५, माडीमा ५, रत्ननगरमा १०, राप्तीमा ५, कालिकामा ४ र इच्छाकामना गाउँपालिकामा १ जना रहेका छन् । 

प्रतिक्रिया दिनुहोस