काठमाडौं । सामाजिक सञ्जाल हेरेर वा कसैको भनाइका आधारमा कोरोना सङ्क्रमितले औषधि त सेवन गरिरहनु भएको छैन ? आफूखुसी कुनै पनि औषधि सेवन गर्न नहुने चिकित्सकको सुझाव छ।कोरोना महामारीको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाएको र त्रास बढिरहेको अवस्थामा चिकित्सकको सिफारिसबिनाका औषधि सेवन गर्नेको सङ्ख्या धेरै रहेको चिकित्सकहरूको दाबी छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले भने, “पछिल्लो समय जथाभावी एन्टिबायोटिक औषधिको सेवन बढेको कुरा आइरहेको छ। यो एकदम गलत हो। हल्ला र असम्बन्धित व्यक्तिले भनेको भरमा यसरी औषधि खानु हुँदैन।” आफूखुसी निर्णय गरेर औषधि खाँदा त्यसले झनै गम्भीर समस्या निम्त्याउने उनले बताए ।
उनले भने, “सामान्य लक्षण देखिएका व्यक्तिले भने लक्षणअनुसारको औषधि खानुपर्छ, त्यो पनि चिकित्सकको परामर्शमा। पीसीआर पोजेटिभ देखियो तर लक्षण देखिएन भने औषधि खाइरहनु जरुरी छैन।” सङ्क्रमितले अस्पताल आउनुअघि नै एन्टिबायोटिक खाएर गरेको भेटिएको डा. पुनले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ३० बैशाख २०७८, ०७ : ३६
लेखकबाट थप