सीमित स्वास्थ्यकर्मीले धानेको त्रिवि शिक्षण अस्पताल

पत्रपत्रिकाबाट

बुधबार, २९ बैशाख २०७८, ०७ : २१
सीमित स्वास्थ्यकर्मीले धानेको त्रिवि शिक्षण अस्पताल

काठमाडौं ।  लकडाउनले सुनसान सडक हुँदै सोमबार मध्यान्ह १२ बजेतिर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्दा निकै भीडभाड थियो।

बिरामीको चाप देख्दा कोरोना सर्ला कि भन्ने डर चस्स मनमा पस्यो। अस्पताल गेटमा लेखिएको थियो– सामाजिक दूरी कायम राखौं।

तर, अस्पताल परिसरभित्र नसोचेको भीडभाड र अस्तव्यस्तता देखियो। कतिपयले मास्क वा स्यानिटाइजर राम्ररी प्रयोग गरेका थिएनन्।

केही नर्स र डाक्टर पिपिईबिनै कोरोना संक्रमितको उपचारमा खटिएका थिए। बिरामीका आफन्तले कोरोनाबाट जोगिन मास्क लगाए पनि भौतिक दूरीको भने ख्यालै गरेका थिएनन्।

देशकै ठूलोमा पर्ने यो अस्पताल अहिले संक्रमितले भरिभराउ छ। र, अस्तव्यस्त पनि। वार्डका गल्लीमा समेत संक्रमित छन्। शय्या भरिएपछि बिरामीलाई बाहिर राखेर अक्सिजन दिइएको छ। कुरुवा खुम्चिएर बसेका छन्। अस्पताललाई कोभिडका बिरामीको चाप थेग्न कठिन छ। चिकित्सक, स्वास्थ्यकर्मी उपचारमा निरन्तर खटिएका छन्। 

कोभिडका बिरामीले अस्पताल खचाखच भरिएपछि चिकित्सक र स्वास्थ्यकर्मी अत्तालिने अवस्था आएको छ। उनीहरू साँघुरो संरचनाभित्र पनि उपचार पद्धति सहज र फराकिलो पार्न तल्लीन छन्। नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस