काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ लाई सहयोगस्वरुप आज स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोभिड १९को जोखिम नियन्त्रण र रोकथामका लागि गरिएको निषेधाज्ञामा पनि सञ्चारकर्मीले अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी राखेपले स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको हो ।
राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले एनएसजेएफका पूर्वअध्यक्ष निरञ्जन राजवंशीलाई १ सय थान सेनिटाइजर र २०० थान सर्जिकल मास्क हस्तान्तरण गरे ।
यसअघि २०७६ साल चैतमा गरिएको लकडाउन अवधिमा पनि राष्ट्रिय खेलुकुद परिषद्ले एनएसजेएफलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १६ : ०१
लेखकबाट थप