गण्डकीमा जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

सफल खबर संवाददाता

सोमबार, २७ बैशाख २०७८, १४ : १७
गण्डकीमा जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

पोखरा । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि जनमोर्चाले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । 

यही वैशाख १ गते जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि गण्डकीमा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

​जनमोर्चाले प्रदेशसभा सचिवालयमा आइतबार समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको सचिवालयले जनाएको छ । यही वैशाख १२ गते बसेको जनमोर्चाको संसदीय दलको निर्णयानुसार विश्वासको मत फिर्ता लिइएको सचेतक पियारी थापाले बुझाएको पत्रमा उल्लेख छ ।प्रदेशसभामा जनमोर्चाका तीन जना सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस