काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो ध्यान कोभिडविरुद्धको लडाइँमा केन्द्रीत गर्न चाहेपनि बाध्यताबश नसकेको स्वीकार गरेका छन् ।
‘सरकार आफ्नो ध्यान कोभिड विरुद्धको लडाइँमा केन्द्रीत गर्न चाह्यो । विकास र समृद्धिमा गर्न चाह्यो । तर सरकारले अनेक अप्ठ्याराको सामना गर्नुपर्यो’, सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिनका लागि आफ्नो प्रस्ताव पेश गर्ने क्रममा बोल्दै ओलीले भने ।
उनले जनताको जीवन रक्षा पहिलो सर्त भएको भन्दै कसैले महामारीको मौकामा फाइदा उठाउँदै भ्रष्टाचार गर्न खोज्न भने त्यसलाई कारबाहीको दायरामा ल्याइने बताए ।
उनले विपक्षीले आफ्नो बदनामका लागि किर्ते काममा समेत लागेको भन्दै आक्रोश पोखे । भारतीय गुप्तचर एजेन्सी रअका प्रमुख सामन्त गोयलसँग आफ्नो गोप्य सम्झौता भएको भन्दै किर्ते दस्ताबेज बाहिर ल्याउने काम भएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १४ : ०४
लेखकबाट थप