काठमाडौं । पशुपति आर्यघाटमा शवदाहका लागि दाउरा अभाव हटेको छ । धादिङ र रौतहटबाट दाउरा आइपुगेपछि अभाव हटेको हो । धादिङबाट प्रतिट्रक १६ टनका दरले दुई ट्रक दाउरा बुधबार आइपुगेको छ ।
एउटा ट्रक धादिङको गजुरीमा बिग्रिएर बसेको छ भने धादिङबाट थप दाउरा आउँदै छ । साथै रौतहटबाट समेत थप दुई ट्रक दाउरा बिहीबार काठमाडौँ आएको छ ।
साबिक टिम्बर कर्पोरेसन पशुपति डिपो प्रमुख द्रोण पोखरेलका अनुसार तत्काललाई शवदाहका लागि दाउराको अभाव हटेको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २६ बैशाख २०७८, ०८ : १३
लेखकबाट थप