देउवा र प्रचण्डबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १८ : ४५
देउवा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने, राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन र नयाँ सरकार गठनका लागि नेताहरुको दौडधूप बढेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नै पार्टी तथा अन्तर पार्टीका नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवा भेट्न प्रचण्ड ६ बजे बुढानिलकण्ठ पुगेका हुन् । उनीहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको हो ।

यसअघि हिजो एमाले नेता माधवकुमार नेपाल पनि बुढानिलकण्ठ पुगेर देउवालाई भेटेका थिए भने अस्ति प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पुगेर देउवासँग छलफल गरेका थिए ।