काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र स्पानिस क्लब भियारियाल युरोपा लिगको फाइनलमा प्रवेश गरेका छन् ।सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब एएस रोमासँग ३-२ ले पराजित भएपनि समग्रमा ८-५ को नतिजासहित युनाइटेड उपाधि नजिक पुगेको हो । पहिलो लिग युनाइटेडले ६-२ ले जितेको थियो ।
रोमाको घरेलु मैदान रोममा भएको खेलमा घरेलु टिमका लागि एडिन जेको र ब्रायन क्रिस्टियनले गोल गरे । युनाइटेडका टेलेसले आत्मघाती गोल उपहार दिए । यस्तै म्यानचेष्टर युनाइटेडका लागि एडिनसन कभानीले दुई गोल गरे ।
ओले गनर सोल्सायर व्यवस्थापक बने यता म्यानचेष्टर कुनै पनि प्रतियोगिताको फाइनल पुगेको यो पहिलो पटक हो ।यस्तै अर्को इंग्लिस क्लब आर्सनल भने पहिलो लेगमा बेहोरेको गोलले गर्दा अभागी भयो । घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपछि आर्सनल स्पानिस क्लब भियारियलसँग समग्रमा २-१ ले पराजित भयो ।
घरेलु मैदानमा भएको पहिलो लिग भियारियालले २-१ ले जितेको थियो । दोस्रो लिगमा कुनै गोल हुन सकेन । युरोपा लिगको फाइनल २६ मेमा पोल्याण्डको स्टाडिओन मेइस्कीमा हुदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ बैशाख २०७८, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा