एमालेले राष्ट्रिय सभा सदस्यको लागि ‘बादल’लाई नै बनायो उम्मेदवार

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १२ : १०
एमालेले राष्ट्रिय सभा सदस्यको लागि ‘बादल’लाई नै बनायो उम्मेदवार

काठमाडौं । नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाएको छ । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको नेता सुवास नेम्वाङले जानकारी दिए ।

‘उहाँ रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने निर्णय भयो र उहाँ उम्मेदवारी दिन त्यसतर्फ हिँडिसक्नुभयो,’ नेम्वाङले माधव नेपाल पक्षका नेताहरुको कारवाही फिर्ताबारे भने कुनै निर्णय भइनसकेको बताए । ‘अरु विषयमा आन्तरिक छलफल भइरहेका छैन । निर्णय भैसकेको छैन’, नेता नेम्वाङको भनाइ छ ।

विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी) का उम्मेदवार डा. खिमलाल देवकोटाले उम्मेदवारी दिदैछन् । अब यो पदमा बादल र देवकोटाको प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

प्रतिक्रिया दिनुहोस