विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु गैरजिम्मेवार चरित्रको पराकाष्ठा : भीम रावल

सफल खबर संवाददाता

विहीबार, २३ बैशाख २०७८, १० : ४१
विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु गैरजिम्मेवार चरित्रको पराकाष्ठा : भीम रावल

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताएका छन् ।

बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले एमालेका आफ्नै सांसदलाई कारवाही गरेर विपक्षी दलसँग समर्थन गर्न अनुनय विनय गर्नु ओलीको अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठाका रुपमा टिप्पणी गरेका छन् ।

‘प्रम केपीले दलमा विधान मिच्दै निरंकुश रूपमा नेता र सांसदहरूलाई स्पष्टीकरण सोध्नु,कारबाही गर्नु र कुनै छलफल–परामर्श नगर्नु तर विपक्षी दलसँग समर्थन गरिदिन र मिलेर सरकार चलाउन अनुनय विनय गर्नु अनैतिक र गैरजिम्मेवार चरित्रको पराकाष्ठा हो’ उनले भनेका छन्, ‘यस्तै घृणित राजनीतिले देश संकटग्रस्त भएको छ ।’