अस्ट्रेलिया विरुद्धको टेस्ट खेल चलिरहँदा मैदान छोडेर किन बाहिर हिँडे बुमराह ?

सफल खबर संवाददाता

शनिबार, २० पुस २०८१, १३ : २१
अस्ट्रेलिया विरुद्धको टेस्ट खेल चलिरहँदा मैदान छोडेर किन बाहिर हिँडे बुमराह ?

काठमाडौं। अष्ट्रेलिया र भारतबीच सिड्नीमा भइरहेको पाँचौं टेस्ट म्याचको बिचमा भारतीय फास्ट बलर जसप्रित बुमराह स्टेडियमबाट बाहिरिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय कप्तान जसप्रित बुमराहलाई स्क्यानिङका लागि स्टेडियमबाट बाहिर निकालिएको छ । उनको अनुपस्थितिमा विराट कोहलीले टोलीको नेतृत्व गर्नेछन् ।जसप्रित बुमराहले स्टेडियम छोडेको बारे आईसीसीले आफ्नो एक्स ह्यान्डलमा पनि लेखेको छ ।

 

 

 

खाजापछिको दोस्रो सत्रमा भारतीय बलरले एक ओभर मात्रै बलिङ गरेपछि मैदान छाडेका थिए । यसअघि चोटको डर थियो र उनको बलिङको गति पनि सुस्त थियो ।
 

 

 

 

प्रतिक्रिया दिनुहोस