काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको तयारी पुरा भएको छ । स्मार्ट दरबार ब्याङ्क्वेट धुम्बाराहीमा आजदेखि सुरु हुने बैठकको तयारी पुरा भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
बैठक आजदेखि सुरु भएर पुस २४ गते सम्पन्न हुने उपाध्यायले बताए । उनका अनुसार अहिले हल व्यवस्थापनको काम, नेताहरूको सिट प्यलानिङ भइरहेको उपाध्यायले बताए । बैठक सञ्चालनको मोडालिटी र एजेन्डाबारे अहिले स्थायी समिति बैठकमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार ब्याङ्क्वेटको दैनिक हल भाडा एक लाख रहेको छ । खाजा, पानी, स्टेसनरी पार्टीले व्यहोर्नेछ भने अन्य केन्द्रीय सदस्यहरू आफैले व्यहोर्नुपर्ने छ । चार दिनसम्म लगभग लगभग कुल २२/२५ लाख खर्च हुने अनुमान गरिएको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी रूपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । साथै आगामी समाजवादी कार्यदिशा, कार्ययोजना, साङ्गठनिक स्वरूप, कार्यविभाजन लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने नेताहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारले संसद्लाई अपहेलना गर्यो, जनताको आवाज सुन्न चाहेन : हितराज पाण्डे
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादी केन्द्रको तयारी
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
प्रचण्डले बोलाए पदाधिकारी बैठक
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा