चट्याङ लागेर एक जनाको मृत्यु

रासस

आइतबार, १९ बैशाख २०७८, १८ : ३३
चट्याङ लागेर एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ डुम्रेकुनामा आज चट्याङ लागेर गम्भीर घाइते भएका बिराट वाइबाको मृत्यु भएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ बस्ने २६ वर्षीय बिराजको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार, चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि हेटौँडा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । उनको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, चट्याङ लागेर घाइते भएका स्थानीय ५६ वर्षीय विरबल वाइबा र ४६ वर्षीय बिरबहादुर वाइबालाई भने उपचारको लागि हेटौँटा अस्पतालमा उपचार भइरहेको जनाएको छ । आज दिउँसो पानी परेपछि नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्न पुगेका उनीहरूलाई चटयाङ लागेर गम्भीर घाइते भएका थिए 

प्रतिक्रिया दिनुहोस