प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु, बैठक कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १७ : ४२
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु, बैठक कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक शुरू भएको छ । केही बेर अगाडी शुरू बैठकमा मुख्य गरेर कोरोना संकट व्यवस्थापनबारे छलफल गर्ने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए । 

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठक केही महत्त्वपूर्ण निर्णय लिनसक्ने बताईएको छ । 

सीसीएमसीले बैंक तथा वित्तिय संस्था एक चौथाइ मात्र सञ्चालन गर्न, हवाई उडान बन्द गर्ने लगायत प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए । 

कोरोना संक्रमण फैलिन नदिन लगाइएको निषेधाज्ञाको समीक्षा तथा संक्रमण फैलिन नदिने उपायबारे सीसीएमसीको प्रस्तावमा मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस