काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आसन्न चीन भ्रमणको संघारमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
आइतबार अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुनेछ । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।
‘बीआरआई सहकार्य फ्रेमवर्क’ नाम दिएर नेपालले चीनलाई कार्यान्वयन सम्झौताबारे आफ्नो प्रस्ताव तयार गरेको छ । प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् । प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ मंसिर २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेको सीईओमा नारद लुइँटेल नियुक्त
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय (निर्णयसहित)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय