मोरङमा एक महिलाको शव फेला, घटना संकास्पद

सफल खबर संवाददाता

आइतबार, १९ बैशाख २०७८, १५ : ३६
मोरङमा एक महिलाको शव फेला, घटना संकास्पद

विराटनगर । मोरङको रतुवामाई नगरपालिकामा महिलाको शव भेटिको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो ।

भित्री सडकबाट केही भित्र रामप्रसाद भण्डारीको मकैबारीमा भेटिएको शवको पहिचान खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संकास्पद भएकाले प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको बताए ।

‘घटना शंकास्पद छ, प्राविधिक टोली र तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दैछ’ उनले भने, ‘ कालो वर्णकी महिलाको उमेर अन्दाजी ३० वर्ष जति छ, पहिचान गर्ने प्रयास भइरहेको छ ।’

महिलाले लगाएको कपडा च्यातिएका कारण घटना शंकास्पद रहेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस