सुनसरीमा चट्याङ लागेर एकजनाको मृत्यु

रासस

शनिबार, १८ बैशाख २०७८, १६ : ०४
सुनसरीमा चट्याङ लागेर एकजनाको मृत्यु

सुनसरी । सुनसरी, गढी गाउँपालिका– २ औरावनीका एक जनाको चट्याङ लागेर आज मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय रघुनाथ यादव छन् ।  

सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले भैँसी   चराउन   खेततर्फ   गएका   बेला   चट्याङमा परेर यादवको मृत्यु भएको जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस